काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिँदै आएका छन् । तर उनको अपेक्षाअनुसार नेता तथा कार्यकर्ताहरु विपक्षीहरुको प्रतिवादमा नउत्रिएको भन्दै आक्रोशित हुँदै आएका छन् ।
सरकारको कामकारबाहीप्रति एमालेभित्रै पनि असन्तुष्टि बढ्दो छ । काठमाडौंमा शिक्षक आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सार्वजनिक रुपमै एमाले भित्रबाटै असन्तुष्टि व्यक्त भएको छ । उनले स्वास्थ्यका कारण राजीनामा दिएको उल्लेख गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण असहज भएकाले मन्त्री पद छाडेका निकटसँग बताएकी छन् । निवर्तमान शिक्षामन्त्री भट्टराईको पछिल्ला कदमलाई एमाले नेतृहरुले समर्थन गरेका छन् ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराईको राजीनामाले नैतिक धरातल बलियो बनाएको टिप्पणी गरेकी छन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’ उनले सामाजिक संजालबाट भनेकी छन्, ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस् ।’
एमाले केन्द्रीय सदस्य रचना खड्काले भट्टराईको राजीनामाप्रति लक्षित गर्दै समर्थन गरेकी छन् । ‘योग्य वा इमान्दार मात्र हुन जति सजिलो छ । योग्य र इमान्दार दुबै हुन कयौं गुणा कठिन छ । तपाईं योग्य र इमान्दार दुबै हो दिदी’ उनले भनेकी छन् ।
‘एमालेको जागरणसभा किन र केका लागि हो ? स्पष्ट भएन । सरकारले सुशासन क्षेत्रमा काम गरेर देखाउन सक्छ । सरकारले समस्याको समाधान सरकारबाटै हो । सरकारको नेतृत्व गरेको दलले सडकबाट समाधान खोजेर हुँदैनः